कास्कीमा ३८ र लमजुङमा ३ जना कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा ४१ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहान कास्कीमा ३८ जना र लमजुङमा ३ जना गरी ४१ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कास्कीका थपिएका संक्रमित मध्य ३९ जना पोखरा महानगरका हुन् भने एक जना रुपा गाउँपालिकाका र एक जना मादी गाउँपालिकाका हुन् ।

संक्रमित हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं. ५ का ३० वर्षीय पुरुष, मादी गाउँपालिका वडा नं. ६ की २६ वर्षीया महिला, पोखरा महानगरपालिका वडा नं. ७ का १० वर्षीय बालक सहित ३९ र ४६ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं.८ का २७ र ७२ वर्षीय पुरुष, वडा नं.१० की २६ वर्षीया महिला, वडा नं. १२ का ३५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं.१३ का ३५ र ७१ वर्षीय पुरुष तथा ४७ वर्षीया महिला, वडा नं.१४ का १९ र २४ वर्षीय पुरुष तथा ४३ र ६७ वर्षीया महिला, वडा नं.२६ का ५१ र ५९ वर्षीय पुरुष, वडा नं. वडा नं.२७ का ५२, ५०, ४१, ५१, ३४, ३६ र ३४ वर्षीय पुरुष तथा ५०, २३, ४८ र ३२ वर्षीया महिला, वडा नं.२९ की ५२ वर्षीया महिला, वडा नं.३० का ४२ र ३५ वर्षीय पुरुष तथा ३८ र २६ वर्षीया महिला, वडा नं.३१ का ३५ र ६० वर्षीया महिला रहेका छन् ।

यस्तै लमजुङ सुन्दरबजारका ४३–४३ र ४६ वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५८४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: