कोरोना संक्रमित कलाकार मनोज गजुरेल आईसीयूमा भर्ना

1236
0
Share:

काठमाडौँ । कोरोना भाइरस संक्रमित भएका हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ।

गजुरलेलाई गत कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्यमा कठिनाइ आएपछि १९ कात्तिक बुधबार काठमाडौँ बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि गए रातिदेखि आईसीयूमा राखिएको छ।

गजुरेलमा अक्सिजनको कमी भएको र फोक्सोमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: