विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९६ लाख नाघ्यो, अमेरिकामा मात्रै १ करोड ५८ लाख धेरै

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ९६ लाख नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ९६ लाख ५५ हजार ३६३ पुगेको छ ।

यस्तै हालसम्म विश्वमा १२ लाख ४८ हजार ५६५ संक्रमितको मृत्यु भएको छ भने संक्रमण मुक्त हुनेको संख्या ३ करोड ५२ लाख ५१ हजार ६३६ पुगेको छ ।

सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या १ करोड ५८ लाख ५८६ पुगेको छ । त्यहाँ २ लाख ४२ हजार २३० संक्रमितको मृत्यु भएको छ भने ६३ लाख ९१ हजार २०८ जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: