पोखराका १७५ सहित गण्डकी प्रदेशमा २४५ कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका १७५ जना सहित गण्डकी प्रदेशमा २४५ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार दिउँसो कास्की कास्की सहित प्रदेशका ७ वटा जिल्लाका २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित हुनेमा कास्कीका पोखरा महानरपालिकाका मात्रै १७५ जना रहेका छन् ।

यस्तै गोरखाका ३० जना, तनहुँका १५ जना, लमजुङका १० जना, बाग्लुङका ९ जना, स्याङ्जाका ४ जना र पर्वतका २ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ९८४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: