
पोखरा । पोखराको फेवासिटी हस्पिटलमा उपचाररत स्याङजाकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।
स्याङजा पुतलीबजार वडा नं. ८ की ७३ वर्षीया संक्रमित महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
ती महिलामा कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
