
काठमाडौँ । नेपालमा थप २७५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
आज सबैभन्दा धेरै काठमाडौँका १२९४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै मोरङका २४५ जना, सुनसरीका १३३ जना, ललितपुरका १४१ जना, रुपन्देहीका ८५ जना, कास्कीका ८२ जना, भक्तपुर र कैलालीका ७७/७७ जना, काभ्रेका ७३ जना, झापाका ५८ जना, नुवाकोटका ३७ जना, मकवानपुरका ३३ जना, पाल्पाका २४ जना, बाँकेका २२ जना, कपिलवस्तुका २१ जना, उदपयपुर, बारा, बर्दिया र कञ्चनपुरका १९/१९ जना, खोटाङका १८ जना, रोल्पाका १६ जना, गोरखाका १५ जना, सिराहाका १४ जना, सिन्धुपाल्चोक, नवलपरासी र जुम्लाका १२/१२ जना, बाग्लुङका ११ जना, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्याङ्जाका ९ जना, धादिङका ७ जना, पर्सा, रौतहट, दैलेख र बझाङका ५/५ जना, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रसुवा, रामेछाप, तनहुँ, नवलपुर र गुल्मीका ४/४ जना, तेह्रथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्युठान र मुगुका ३/३ जना, सोलुखुम्बु, अर्घाखाँची र डोल्पाका २/२ जना, ओखलढुंगा, ताप्लेजुङ, कालीकोट, पर्वत, म्याग्दी, सुर्खेत, हुम्ला, अछाम र डोटीका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ । यो कुल संक्रमितको ०.६ प्रतिशत हो ।
यस्तै हालसम्म देशभर १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । अर्थात ८१ प्रतिशत निको भएका छन् । पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार ९२० होम आइसोलेसनमा छन् भने ३६५ जनाको भेन्टिलेटर र ७६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
२४ घण्टामा १० हजार ४२३ नमुना परीक्षण भएको छ । हालसम्म १५ लाख २७ हजार ७६६ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
