
काठमाडौँ । नेपालमा थप २८१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११६६ जना महिला र १६५१ जना पुरुष गरी २८१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।
२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका १२९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ललितपुरमा १६२ जना, मोरङमा १५५ जना, चितवनमा १५२ जना, दाङमा ९८ जना, कास्की र नवलपरासी पूर्व ८४/८४ जना, भक्तपुरमा ७७ जना, सुनसरीमा ७३ जना, रुपन्देहीमा ६९ जना, बाँकेमा ६८ जना, झापामा ५६ जना, कैलालीमा २९ जना, धनुषामा २७ जना, तनहुँमा २२ जना, सिन्धुपाल्चोकमा २१ जना, काभ्रे र लमजुङमा १८/१८ जना, मकवानपुरमा १७ जना, सप्तरीमा १६ जना, धादिङमा १५ जना, दोलखा र सिन्धुलीमा १४ जना, पाल्पा र बर्दियामा १३/१३ र कञ्चनपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
उदयपुर, सिराहा, कपिलवस्तु, नलवपरासी र बझाङमा ९/९ जना, तेह्रथुम, गोरखा, पर्वत र अर्घाखाँचीमा ८/८ जना, बारा र सुर्खेतमा ७/७ जना, पर्सा, स्याङ्जा र सल्यानमा ६/६ जना, र इलाम, खोटाङ, सर्लाही, नुवाकोट, रामेछाप, म्याग्दी, गुल्मी र अछाममा ५/५ जना, मुस्ताङ र रुकुम पश्चिममा ४/४ जना, ओखलढुंगा, भोजपुर, धनकुटा र संखुवासभा, बाग्लुङ, रोल्पा र डडेल्धुरामा ३/३ जना, सोलुखुम्बु, महोत्तरी, रौतहट, प्युठान र दैलेखमा २/२ जना तथा ताप्लेजुङ, रुकुम पूर्व, जुम्ला र बाजुरामा १/१ जना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार १०८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ । यो कुल संक्रमितको ८१ प्रतिशत हो ।
हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्। ११४९ जना क्वारेन्टीनमा रहेका छन् ।
२४ घण्टामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १५ लाख ४० हजार ७७ जनाको परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
