पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

Share:

काठमाडौँ । पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका धमलामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सामाजिक संजाल फेसबुकबाट धमलाले सो बारे जानकारी दिएका हुन्।

धमला अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पत्रकार धमलाले जानकारी दिएका छन् ।

धमलाले आफुसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: