कस्तो रहन्छ आज देशभरको मौसम?

Share:

पोखरा । देशको पहाडी भू–भागमा सोमबार आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानिय वायुको प्रभावले पहाडी भू–भागमा आंशिक बदली रहेपनि हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविद् बताएका छन् ।

अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: