आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । मंगलबार देशका केही भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन् ।

अहले बिहान हिमाली भू–भागमा आंशिका बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति देशको पहाडी भ–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: