
पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो प्रदेशका ५ जिल्लाका २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा गोरखाका ७ जना, कास्की र म्याग्दीका ४/४ जना, पर्वतका ३ जना र स्याङ्जाका २ जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ का २८ वर्षीय पुरुष, वडा नं.९ का १३ वर्षीया बालिका, वडा नं.१७ का २५ वर्षीय पुरुष तथा २६ वर्षीया महिला रहेका छन् ।
यस्तै, गोरखाको गोरखा नगरपालिकाका ३६, ४०, ५३, र १५ वर्षीय पुरुष तथा ५०, २६ र १६ वर्षीया महिला, म्याग्दीको पालिका नखुलेका ३०–३०, १५ र २६ वर्षीय पुरुष, पर्वतको जल्जला ९ का ४०, ३६ र ३४ वर्षीय पुरुष एवं स्याङ्जाको वालिङ १ का ३८ वर्षीय पुरुष तथा वडा नखुलेका ३२ वर्षीया महिला रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ४८८ पुगेको छ ।
