
तनहुँ। तनहुँको भीमादबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
भरुवा सोमबार बन्दुक लिएर हिडिरहेको अवस्थामा भीमाद नगरपालिका–२ बन्दीछापबाट टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी किँहुबाट खटिएको प्रहरी टोलीले भीमाद नगरपालिका–२ बन्दीछापको सीमलबोट निवासी ६० वर्षीय टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।
पक्राउ परेका थापा बिरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
