
पोखरा । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कास्की रुपा गाउँपालिका ५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।
कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत ती पुरुषको बुधबार बिहान ८.३० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
ती पुरुष निमोनिया र मृगौला रोगबाट समेत ग्रसित रहेको जनाइएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
