
पोखरा । देशका धेरै स्थानको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानिय वायुको प्रभावले थोरै क्षेत्रमा आंशिक बदली रहे पनि हाल उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण धेरै स्थानको मौसम सफा हुने मौसमविदले बताएका छन्।
अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बिहीबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
