पोखराका ५९ सहित गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार हालसम्म गण्डकीका ९ वटा जिल्लाका १४५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका ५९ जना रहेका छन् । संक्रमित सबै पोखरा महानगरका हुन् ।

यस्तै तनहुँका ४७ जना, स्याङ्जाका १३ जना, लमजुङका ८ जना, बाग्लुङ र पर्वतका ५/५ जना, मुस्ताङ र नवलपुरका ३/३ जना तथा गोरखाका २ जना रहेका छन् ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं.३ का ३० र ५७ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं.४ का ३०, ३१, ६० र ३४ वर्षीय पुरुष, वडा नं.५ का २३ वर्षीय पुरुष, वडा नं.६ की ३० वर्षीया महिला, वडा नं.७ का ४६ वर्षीय पुरुष, वडा नं. ८ का ६२, ४८, ४६ र ३० वर्षीय पुरुष तथा २७ र ४५ वर्षीया महिला, वडा नं.९ का ५० र ८३ वर्षीय पुरुष, वडा नं.१० का ३४ वर्षीय पुरुष तथा २२ र ५१ वर्षीया महिला, वडा नं.११ का ९ वर्षीय बालक सहित ४२ र ६७ वर्षीय पुरुष तथा ३५, २१, २३ र ६८ वर्षीया महिला, वडा नं.१२ का ४४ वर्षीय पुरुष, वडा नं.१३ की २६ वर्षीया महिला, वडा नं.१४ का ९१ र २७ वर्षीय पुरुष, वडा नं.१५ का ४०, ८२ र ३४ वर्षीय पुरुष तथा ५४ वर्षीया महिला, वडा नं.१६ का ३९ र ४६ वर्षीय पुरुष, वडा नं.१७ का ५४, ४२ र ३५ वर्षीय पुरुष तथा ७५ र ७८ वर्षीया महिला, वडा नं. १९ का ५२ र ५३ वर्षीय पुरुष, वडा नं.२६ का ४३ र १८ वर्षीय पुरुष, वडा नं. २९ का ३६ र ५१ वर्षीय पुरुष, वडा नं.३० का ३८ वर्षीय पुरुष, वडा नं.३२ का ३२ वर्षीय पुरुष, वडा नं.३३ का ३५ वर्षीय पुरुष, वडा नखुलेका ३८, ४१ र ७९ वर्षीय पुरुष तथा ७५, ३२, २७–२७ वर्षीया महिला रहेका छन् ।

यस्तै, स्याङ्जा पुतलीबजारका २७ वर्षीया महिला, वालिङका २४, ३६, २६, २५, ४२, १५, ३५, ३२ र ५० वर्षीय पुरुष तथा १६, १७ र ६० वर्षीया महिला, पर्वतको कुश्मा वडा नं.५ का ६५ वर्षीय पुरुष, वडा नं.६ का ५५ वर्षीय पुरुष, वडा नं.१० का ५६–५६ वर्षीया महिला, मोदी वडा नं.६ का ११ वर्षीय बालक, तनहुँको व्यास वडा नं.७ का ३४ वर्षीया महिला, व्यासका वडा नखुलेका ७७, ५२, २५, ३३, २८, ५२ र ३६ वर्षीय पुरुष तथा ४६, ३९ र ५० वर्षीया महिला, भिमाद वडा नं.६ का २१ वर्षीया महिला, शुक्लागण्डकीका ६०, २९, ३४, २६, ३७–३७, २२–२२ ३५, ३६, १२, ५० र २७ वर्षीय पुरुष तथा ५०, २४, ४१, २८, ५७, ३५, १०, २९ र ३४ वर्षीया महिला, भानुका ३१, २९ र २८ वर्षीय पुरुष तथा ६१, २४, ३४, ६५ र ३०–३० वर्षीया महिला, म्याग्देका ५८, ५६, २१ र ३१ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिकाका ४३ वर्षीय पुरुष, ताराखोलाका १९ वर्षीय पुरुष, गल्कोटका २६ र ३४ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, गोरखाको गोरखा अस्पतालका ५२ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला, लमजुङ सुन्दरबजारका ५८ वर्षीय पुरुष तथा ३८ र ३९ वर्षीया महिला, बेशीसहरका ७१, ५६–५६ र २७ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, मुस्ताङका पालिका नखुलेका ६३ र ४७ वर्षीय पुरुष तथा ६० वर्षीया महिला एवं नवलपुर कावासोतीका ४०, ४५ र ४१ वर्षीया महिला रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ८४८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: