
पोखरा । नेपाली बजारमा सुनको मूल्य आज तोलामा दुई सयले घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ९४ हजार ७०० कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा ९४ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने यथावत रहेको जनाइएको छ । आज पनि चाँदी प्रतितोला १ हजार २२० मा नै कारोबार भैरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
