यस्तो रहन्छ आज देशभरको मौसम!

Share:

पोखरा । देशभर आज (शनिबार) को मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम सफा हुने महाशाखाले जनाएको हो।

अहिले देशको पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्यबदली तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: