
पोखरा । पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कास्कीका ४ जना र स्याङ्जाका १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ का ७२ वर्षीया महिलाको शनिबार बिहान ७ः४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ । ती महिलामा शुक्रबार कोरोना पुष्टि भएको थियो । प्रतिष्ठानमै उपचाररत पोखरा वडा नं. १८ का ४८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । कार्तिक २६ गते कोरोना पुष्टि भइ उपचाररत ती पुरुषको शनिबार बिहान ९ः३० बजे मृत्यु भएको हो ।
यस्तै पोखरा महानगरपालिका वडा नं. १४ का ६३ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान १ः५५ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । ती पुरुषमा कार्तिक १९ गते कोरोना पुष्टि भएको थियो । सोही अस्पतालमा उपचाररत स्याङ्जाका २४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ का ती पुरुषको कार्तिक २७ गते बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुषको २७ गते नै कोरोना पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका वडा नं.१५ की ५० वर्षीया महिलाको शुक्रबार बेलुका ६ः३० बजे चरक अस्पतालल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । ती महिलामा कार्तिक ८ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।
