
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५ करोड ४३ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोना संक्रमितकोे संख्या ५ करोड ४३ लाख १८ हजार ८४१ पुगेको छ ।
यस्तै कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वमा १३ लाख १८ हजार ४४ जनाको मृत्यु भएको छ भने त्यस्तै ३ करोड ७८ लाख ६६ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् ।
सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या १ करोड १२ लाख २६ हजार ३८ पुगेको छ । त्यहाँ अहिलेसम्म २ लाख ५१ हजार २५६ संक्रमितको मृत्यु भएको छ भने ६८ लाख ९१ हजार १५ जना संक्रमण मुक्त भएका छन् ।
दोस्रो प्रभावित मुलुक भारतमा संक्रमित संख्या ८८ लाख १४ हजार ९०२ पुगेको छ । त्यहाँ १ लाख २९ हजार ६७४ जनाको मृत्यु भएको छ भने ८२ लाख ३ हजार ७३७ जना संक्रमण मुक्त भएका छन्।
