पोखराका ३२ सहित गण्डकीमा थप ४५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार हालसम्म गण्डकीका ४ जिल्लाका ४५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ३२ जना, तनहुँ र नवलपुरका ६/६ जना तथा बाग्लुङका १ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. २ का २० वर्षीय पुरुष, वडा नं. ४ का २९, ३५, २५ र ६५ वर्षीय पुरुष तथा ४१ र ३२ वर्षीया महिला, वडा नं. ५ की ३० वर्षीया महिला, वडा नं. ६ का ३२ वर्षीय पुरुष, वडा नं. ७ का ३१ र ३८ वर्षीया महिला, वडा नं.८ का ८ र १८ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं. ९ की ४५ वर्षीया महिला, वडा नं. १० का ४५ वर्षीय पुरुष, वडा नं. ११ की ५० वर्षीया महिला, वडा नं. १२ का ४२ र ६५ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, वडा नं.१३ का ५५ वर्षीय पुरुष, वडा नं.१४ का ३४ र ३७ वर्षीय पुरुष, वडा नं.१५ का ७० वर्षीय पुरुष, वडा नं.१७ का २० र ५५ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, वडा नं.१९ का २८ र ५० वर्षीया महिला, वडा नं.२६ का ४४ वर्षीय पुरुष, वडा नं.३२ का ६० वर्षीय पुरुष, वडा नखुलेको २९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै तनहुँको भिमाद वडा नं.२ का २९ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं. ५ का ४४ वर्षीय पुरुष, वडा नं.७ की ३५ वर्षीया महिला, वडा नं. ९ का ५४ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.८ का २९ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.६ की ४२ वर्षीया महिला एवं नवलपुरको कावासोती वडा नं.२ की ४४ वर्षीया महिला वडा नं.३ की २९ वर्षीया महिला, गैंडाकोट वडा नं.१ की ३८ वर्षीया महिला, वडा नं.४ का १८ वर्षीय पुरुष, वडा नं.१५ का २८ वर्षीय पुरुष, देवचुली वडा नं.१६ की २३ वर्षीया महिला रहेका छन् ।

यससँगै गण्डकी प्रदेश कोरोना संक्रमितको संख्या १० हजार ३३० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: