
म्याग्दी । म्याग्दीबाट प्रहरीले एक थान एक नाले भरुवा बन्दुक र मरेका २ कालिजसहित ५ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बेनी नगरपालिका–४ थामडाँडा स्थित अर्जेखोलाको जंगलमा वन्यजन्तु चोरी सिकार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दी जिल्ला बेनी नगरपालिका–४ थामडाँडा निवासी ३६ वर्षीय सकबहादुर गुरुङ, २१ वर्षीय संजय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय सन्दीप गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङ रहेका छन् ।
पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
