
पोखरा । कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक बसपार्क स्थित उदयपुर गाईघाट जलजला होटलमा एक युवक मृत फेला परेका छन् ।
आइतबार बिहान होटलको भुई तलाको कोठा भित्र कास्की माछापुच्छ्रे गाउँपालिका(६ अस्थाम निवासी ३६ वर्षीय शिव परियार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
कमेन्ट गर्नुहोस्
