कास्कीका ७८ सहित गण्डकीमा १६० कोरोना संक्रमित थपिए

Share:

पोखरा । कास्कीका ७८ जना सहित गण्डकी प्रदेशमा फेरी १६० जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार बेलुका गण्डकीका कास्की सहित ७ वटा जिल्लाका १६० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ७८ जना सहित नवलपुरका ३० जना, गोरखा र लमजुङका १४/१४ जना, मुस्ताङका १३ जना, बाग्लुङका ८ जना र पर्वतका ३ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित मध्ये ७० जना पोखरा महानगरका हुन् भने ८ जना मादी गाउँपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का २२ वर्षीय पुरुष, वडा नं.४ का २५ र २६ वर्षीया महिला, वडा नं.५ का २९, २५, २४ र २७ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, वडा नं.६ का ५५ र ४५ वर्षीया महिला तथा ३७ वर्षीय पुरुष, वडा नं.७ का ३०, २८, २२, ३५ र ६१ वर्षीय पुरुष तथा २६, ३१ र ३६ वर्षीया महिला, वडा नं.८ का ४०, ५३, २२ र ४९ वर्षीय पुरुष तथा ५०, ३३ र २३ वर्षीया महिला, वडा नं.९ का ३९ र ५२ वर्षीय पुरुष, वडा नं.१० का २८ र ५३ वर्षीय पुरुष, वडा नं.११ का ४२ र ५० वर्षीय पुरुष, वडा नं.१२ की ३१ वर्षीया महिला, वडा नं.१४ का २३, १२, १७, ५७, ४५ र २९–२९ वर्षीय पुरुष तथा ५३, ५ र ५३ वर्षीया महिला, वडा नं.१५ की ५५ वर्षीया महिला, वडा नं.१७ का ३२ र २४ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.२० का ३५ वर्षीय पुरुष, वडा नं.२२ का २५ वर्षीय पुरुष, वडा नं.२५ की २४ वर्षीया महिला, वडा नं.२६ का ६८ र २६ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला, वडा नं.२७ का ३५ वर्षीय पुरुष, वडा नं.२९ का ३७ वर्षीय पुरुष, वडा नं.३० का ५२ र ४९ वर्षीय पुरुष तथा २० र ८१ वर्षीया महिला, वडा नं.३१ का २९ वर्षीय पुरुष, वडा नं.३२ की ४२ वर्षीया महिला, वडा नखुलेका ६२, ३९ र २९ वर्षीय पुरुष, तथा २३, १९, २४ र २१ वर्षीया महिला, मादी गाउँपालिकाका ३८, ४९ र १६ वर्षीय पुरुष तथा १० महिना र ५ वर्षीया बालिका सहित ३०, २२ एवं ४३ वर्षीया महिला रहेका छन् ।

यस्तै बाग्लुङको गल्कोटका ४७ वर्षीय पुरुष, जैमिनीका ३५ वर्षीय पुरुष, बाग्लुङ नगरपालिकाका ३८ वर्षीय पुरुष तथा ६९, २३, ४४, ६७ र ४९ वर्षीया महिला, गोरखाको सिरानचोकको ५२, ४८, ३२ र ५७ वर्षीय पुरुष तथा ४७ वर्षीया महिला, गोरखा अस्पतालका २९, ७५, ७, ५२ र ५० वर्षीय पुरुष तथा ४, ३८, ५२ र ५५ वर्षीया महिला, लमजुङको मध्यनेपालका २७, ३०, २५, २८, ४१, ४२, ५५, ६२, ३५, ७२ र ४० वर्षीय पुरुष तथा ४९ र ३५–३५ वर्षीया महिला, मुस्ताङको पालिका नखुलेका १८, १५, २१, ३०, ७५, ४९, २६ र ५२ वर्षीय पुरुष तथा ४०, २७–२७, ३९ र ५२ वर्षीया महिला, पर्वतको कुश्माका २२ वर्षीय पुरुष, फलेबासका २१ वर्षीय पुरुष, पैंयुकी ८८ वर्षीया महिला एवं नवलपुरकोबिनयत्रिवेणी वडा नं.१ का ११ वर्षीय बालक तथा ३४ वर्षीया महिला, वडा नं. ३ का ७ वर्षीय बालक, गैंडाकोटका ५६, ५३, ५०, २०, ६३, ४५ र ५१ वर्षीय पुरुष तथा १४, ५०, ४२, ८०, ६१, ३६, ५३, ३०, ७७, ४२, २६, ५५, ३४, ३०, ५८, ३०, ५७, ७५, २६ र २५ वर्षीया महिला रहेका छन् ।

यसअघि कास्कीको पोखरा महानगरका ३२ जना सहित गण्डकीमा थप ४५ जनामा कोरोना पुष्टि भएको थियो ।

यससँगै आइतबार मात्रै कास्कीका ११० सहित २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ४९० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या ५ हजार ६२१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: