विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ४८ लाख नाघ्यो

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ४८ लाख नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा संक्रमितको संख्या ५ करोड ४८ लाख १० हजार ३१६ पुगेको छ ।

यस्तै कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख २४ हजार ३२० जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर ३ करोड ८१ लाख ३६ हजार ८६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: