पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १५ का ७० वर्षीय पुरुषको सोमबार (आज) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

कार्तिक ३० गते आइतबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका ती पुरुषको आज बिहान ५ः२२ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ती पुरुषमा निमोनियाको समस्या समेत रहेको जनाइएको छ ।

यो सँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: