पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिकाका एक पुरुष र एक महिला संक्रमतिको मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ का ७८ वर्षीया कोरोना संक्रमित महिलाको मंगलबार दिउँसो १ः५० बजे मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । कार्तिक २७ गते कोरोना पुष्टि भई उपचाररत ती महिलाको उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै पोखरा महानगरपालिका वडा नं. ३ का ८३ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मंगलबार बेलुका ७ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ती पुरुषमा कार्तिक २९ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: