
पोखरा । स्याङ्जाका एक कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान ९ बजे मृत्यु भएको हो ।
ती पुरुषमा कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
