
पोखरा । पोखराको बिरौटामा पार्किङ गरी राखेका २ मोटरसाइकलमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पोखरा–१७ बिरौटा स्थित सन्तोष आयल स्टोर्स अगाडि पार्किङ गरी राखिएका ग.१२ प. ८६९८ नं को बुलेट र ग.७ प. ९७८८नं को होण्डा साईन मोटरसाइकलमा आगजनी गरेको आरोपमा पोखरा–१७ बिरौटा निवासी १९ वर्षीय दिवस रानाभाट पक्राउ परेका हुन् ।
कात्तिक २६ गते राति ११ः४० बजे पार्किङ गरी राखेका २ मोटरसाइकलमा रानाभाटले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मोटरसाइकलमा आगलागी गरी फरार रहेका रानाभाटलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मंसिर २ गते मंगलबार पोखराको बिरौटाबाट पक्राउ गरेको हो ।
रानाभाटलाई अपराधिक उपद्रव कसुर अन्तरगत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
