गण्डकीमा कोरोनाः बुधबार थप ५१ जनामा संक्रमण, ११५ संक्रमणमुक्त, ३ को मृत्यु पुष्टि

Share:

पोखरा । बुधबार गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज प्रदेशका ५ जिल्लाका ५१ जनामा संक्रमण देखिएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा कास्कीको पोखराका ३१ जना, स्याङ्गजाका ९ जना, तनहुँका ५ जना तथा गोरखाका र म्याग्दीका ३/३ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १० हजार ५४८ पुगेको छ।

संक्रमित मध्ये गण्डकीमा ५ हजार ७३६ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशभरबाट ११५ जना संक्रमण मुक्त भएका हुन् ।

यसैगरी आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु पुष्टि भएको छ । यो सँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १९० जनाको पीसीआर परिक्षण भएको छ । हालसम्म १ लाख १ हजार ६८६ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: