मोटरसाइकल त्रिशूली नदीमा खस्दा पर्वतका युवकको मृत्यु

673
0
Share:

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग७प २०२३ नम्बरको मोटरसाइकल साँझ ५ः५० बजे अनियन्त्रित भई इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्वत जिल्ला कुश्मा नगरपालिका–१४ का २६ वर्षीय भेषबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोही ठाउँ बस्ने मोटरसाइकल चालक अनिल विक गम्भीर घाइते भएका छन् ।

क्षेत्रीको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचारका क्रममा साँझ ६ः४० बजे मृत्यु भएको हो । घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकदेखि ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: