पोखरामा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको जीएमसी, फिस्टेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २ महिला र १ पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १७ की ७५ वर्षीया महिलाको बिहीबार बिहान ३ः४५ बजे उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । ती महिलामा कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखराको फिस्टेल हस्पिटलमा उपचाररत पोखरा ९ की ८३ वर्षीया महिलाको बिहीबार बिहान ७ः३० बजे मृत्यु भएको छ । ती महिलामा कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत लमजुङ बेसीसहर ५ का ७१ वर्षीय पुरुषको बुधबार बेलुका ६ः४५ बजे उपचार कै क्रममा मृत्यु भएको छ । ती पुरुषमा कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: