पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङलाई कोरोना संक्रमण

Share:

पोखरा । पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपमेयर गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् । हाल होम आइसोलेसनमा रहेकी उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘सबै जनालाई नमस्कार ! विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोविड १९ बाट म पनि अछुतो रहन सकिन । त्यसैले यतिखेर म आफ्नै घरमा आइसोलेसनमा छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेछु । धन्यवाद ।’

कमेन्ट गर्नुहोस्
Share: