पोखरामा उपचाररत तनहुँका कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत तनहुँका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँको भिमाद नगरपालका ५ का ६६ वर्षीय पुरुषको शुक्रबार दिउँसो २ः२० बजे मृत्यु भएको हो ।

ती पुरुषमा कार्तिक २८ गते कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: