
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार (आज) १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज प्रदेशका ७ वटा जिल्लाका १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै १०० जना रहेका छन् । जसमध्ये ९९ जना पोखरा महानगरपालिकाका छन् भने एक जना रुपा गाउँपालिकाका हुन् ।
यस्तै तनहुँका १३ जना, लमजुङका ८ जना, नवलपुरका ६ जना तथा पर्वत, गोरखा र स्याङ्जाका ४/४ जना रहेका छन् ।
यस्तै, आज प्रदेशमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने तनहुँका २ जना संक्रमितको मृत्यु भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा १३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या ६ हजार ७४ पुगेको छ ।
हाल प्रदेशमा ४ हजार ६१४ सक्रिय संक्रमित उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा ६७० परिक्षण भएको छ । हालसम्म गण्डकी प्रदेशमा १० लाख २ हजार ८७९ पीसीआर परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
