आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशको पहाडी तथा हिमाली क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

हाल देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही देशका अरु क्षेत्रमा मौसम सामान्यता सफा रहेको छ ।

यस्तै सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसमविदले बताएका छन् ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: