
काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार १२ जनामा संक्रमण भएसँगै विश्वमा कुल संक्रमितको संख्या ५ करोड ८९ लाख ८० हजार ५९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ४०९ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ९३ हजार ५३७ पुगेको छ ।
अहिलेसम्म ४ करोड ७ लाख ६३ हजार संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख २२ हजार ५७२ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
