गण्डकी प्रदेशमा सोमबार थप १२९ जनामा कोरोना पुष्टि, १६७ संक्रमणमुक्त

Share:

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ९ जिल्लाका १२९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ४७ जना, नवलपुरका २६ जना, गोरखाका २३ जना, तनहुँका १३ जना, पर्वतका ६ जना स्याङ्जा र म्याग्दीका ५/५ जना तथा लमजुङ र बाग्लुङका २/२ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १९० पुगेको छ ।

कूल संक्रमित मध्ये गण्डकीमा ६ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६७ संक्रमणमुक्त भएका हुन् । हालसम्म प्रदेशमा १४१ संक्रमितको मृत्यु भइसकेको छ ।

हाल प्रदेशमा ४ हजार ६५१ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार २४ घण्टामा ५५६ परिक्षण भएको छ भने हालसम्म १० लाख ४ हजार ७६१ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: