पोखरामा प्याराग्लाइडिङ दुर्घटना: पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

Share:

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

सोमबार दिउँसो अन्दाजी १ बजे पोखरा– १८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दुर्घटना हुँदा प्याराग्लाइडिङमा सवार प्यारा पाइलट पोखरा–२८ कालिका घर भइ हाल पोखरा–६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । दुर्घटनामा यात्रु काठमाडौँ बूढानीलकन्ठ नगरपालिका–२ वासिकु बस्ने २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छन् ।

दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पु¥याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए । छाति र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो । अवतरण गर्नु अगावै आवश्यकता भन्दा बढी जमिन नजिकै आउँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: