पोखराका ३४ सहित गण्डकीमा थप ९९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सोमबार दिउँसो प्रदेशका ९ जिल्लाका ९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ३४ जना, गोरखाका २१ जना, नवलपुरका १५ जना, तनहुँका ११ जना, स्याङ्जा र म्याग्दीका ५/५ जना, पर्वतका ४ जना तथा लमजुङ र बाग्लुङका २/२ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की ८० वर्षीया महिला, वडा नं. ३ का ४७ र ५५ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं. ४ की २७ वर्षीया महिला, वडा नं. ७ का ४९ र ३२ वर्षीय पुरुष, वडा नं. ८ का ५१–५१ वर्षीय पुरुष तथा २६ र २७ वर्षीया महिला, वडा नं. ९ का ५२ र ७७ वर्षीय पुरुष, वडा नं. १० का ३४ र ३८ वर्षीय पुरुष तथा ५५, २१ र २५ वर्षीया महिला, वडा नं. ११ का ३५ वर्षीय पुरुष तथा ७३ वर्षीया महिला, वडा नं. १२ का ४४ वर्षीय पुरुष, वडा नं. १३ का ७३, ३३ र २१ वर्षीया महिला, वडा नं. १५ का ५१ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं. १७ का २७ र २१ वर्षीय पुरुष तथा १८ वर्षीया महिला, वडा नं. १८ का ५१ वर्षीय पुरुष, वडा नं. २६ का ३५ वर्षीय पुरुष, वडा नं. २९ का ७७ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं. ३२ का २९ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

यस्तै गोरखाको आरुघाट वडा नं. ९ का २९ वर्षीय पुरुष तथा ३६ र ३९ वर्षीया महिला, गण्डकी वडा नं. १ का ३६ र ४७ वर्षीय पुरुष, पालुङटार वडा नं. ४ का ४४, १९, १३ र ३९ वर्षीय पुरुष, वडा नं. ५ का २६ वर्षीय पुरुष, वडा नं. १० का ४२ वर्षीय पुरुष तथा ३५ र १३ वर्षीया महिला, शहिदलखनका ३०, ३३ र ३६ वर्षीय पुरुष, भिमसेन थापा वडा नं. ४ का ३३ र ६६ वर्षीय पुरुष तथा २५ र २७ वर्षीया महिला, अजिरकोट वडा नं. ४ का २४ वर्षीय पुरुष, नवलपुरको देवचुलीका ४१, ३२, ५३ र २४ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, मध्यविन्दु वडा नं. १ का ३२ वर्षीय पुरुष, वडा नं.९ का २० वर्षीय पुरुष, हुप्सेकोट वडा नं. १ का ३४ र २९ वर्षीय पुरुष, वडा नं.४ की २२ वर्षीया महिला, वडा नं.५ का वर्षीय पुरुष, बौदीकाली वडा नं.६ की २३ वर्षीया महिला, कावासोती वडा नं.१४ का ४१ र ४४ वर्षीय पुरुष तथा २८ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

तनहुँको शुक्लागण्डकी वडा नं. ८ की ३५ वर्षीया महिला, वडा नं. ९की ८३ वर्षीया महिला, म्याग्दे वडा नं. १ का २९ वर्षीय पुरुष, व्यासका २५, ४० र ४७ वर्षीय पुरुष तथा १८ र ४४ वर्षीया महिला, पश्चिमाञ्चल कम्युनिटी अस्पतालका २७ र४९ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, स्याङ्जाको वालिङ वडा नं.८ का २२ र ५० वर्षीय पुरुष तथा ३८ र २३ वर्षीया महिला, बिरुवा वडा नं.६ की ३२ वर्षीया महिला, म्याग्दीका पालिका नखुलेका ८४, ५६ र २३ वर्षीय पुरुष तथा ७२ र ३८ वर्षीया महिला, पर्वतको जलजला वडा नं. ६ का ४२ र २४ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं. ९ का ३६ वर्षीय पुरुष, लमजुङ दोर्दी वडा नं.६ का ३५ र १४ वर्षीया महिला एवं बाग्लुङका पालिका नखुलेका २५ र ४३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १९० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: