
काठमाडौँ । नेपालमा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७८९ महिला र ११९१ पुरुष गरी १९८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।
२४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । यो कुल संक्रमितको ९०.९ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ३७ पुगेको छ।
नेपालमा हाल १८ हजार ८८४ जना सक्रिय संक्रमित छन्। हाल क्वारेन्टीनमा ६२९ रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १० हजार ३८१ परीक्षण गरिएको छ । नेपालमा हालसम्म १६ लाख ७० हजार ४५६ जनाको पिसिआर परीक्षण भएको छ।
