
पोखरा । पोखरामा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र लमजुङका एक/एक जना संक्रमित महिलाको मृत्यु भएको हो ।
मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत कास्की पोखरा–१३ की ६६ वर्षीया महिलाको बुधबार बेलुका ९ः३० बजे मृत्यु भएको हो ।
यसैगरी कास्की सेवा अस्पताल पोखरामा उपचाररत लमजुङ मध्येनेपाल–७ की ८७ वर्षिया महिलाको बिहीबार बिहान २ः३० बजे मृत्यु भएको छ । ती महिलामा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
