
एजेन्सी । अर्जेन्टिनाका चर्चित फुटबलर डियगो माराडोनाको निधन भएको छ । ६० वर्षीय माराडोनाको ह्रदयघातका कारण बुधबार मृत्यु भएको हो ।
माराडोनाको यसै नोभेम्बरको पहिलो सातामात्र मस्तिष्कमा रगत जमेका कारण शल्यक्रिया गरिएको थियो । सफल शल्यक्रियापछि उनी घरमै आराम गरिरहेका थिए।
अर्जेन्टिनाका राष्ट्रपतिको कार्यालयले म्याराडोनाको निधनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिने जनाएको छ । अर्जेन्टिनी फुटबल संघले म्याराडोनाको निधनप्रति सामाजिक संजाल ट्वीटर मार्फत गहिरो दुःख व्यक्त गरेको छ ।
सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए ।
माराडोनाले सन् १९९४ मा अन्तिमपटक विश्वकप खेलेका थिए । अमेरिकाविरुद्धको यो खेलमा उनलाई लागूऔषध प्रयोग गरेको आरोपमा स्वदेश फर्काइएको थियो ।
उनले सन् १९९७ मा ३७ वर्षको उमेरमा फूटबलबाट सन्न्यास लिएका थिए । चार विश्वकपमा अर्जेन्टिनाबाट खेलेका माराडोनाले कुल ९१ खेलमा ३४ गोल गरेका थिए ।
सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रशिक्षक रहेका थिए ।
