कोरोनाः नेपालमा थप १६१४ जनामा पुष्टि, १४३७ संक्रमणमुक्त, २३ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६४० महिला र ९७४ पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४३७ रहेको छ । यससँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । यो संख्या कूल संक्रमितको ९२ प्रतिशत हो ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २३ जनाको मृत्यु भएको हो ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । हाल ६८० क्वारेन्टीनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४९१ जनाको परीक्षण भएको छ भने हालसम्म नेपालमा १७ लाख परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: