गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका १५ जना, तनहुँका ६ जना तथा स्याङ्जा, गोरखा र पर्वतका १,१ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.६ की ५९ वर्षीया महिला, वडा नं.८ का ४६ र ६२ वर्षीय पुरुष तथा ३१ वर्षीया महिला, वडा नं.१० की ५३ वर्षीया महिला, वडा नं.११ का ४५, ४० र ६५ वर्षीया महिला, वडा नं.१२ का ४८, ४९ र ३४ वर्षीय पुरुष, वडा नं.१७ का २३ वर्षीया महिला, वडा नं.१८ का ५१ वर्षीय पुरुष, वडा नं. ३२ का २९ वर्षीय पुरुष तथा माछापुछ्रे गाउँपालिका वडा नं.४ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै तनहुँको व्यास वडा नं.५ की ७६ वर्षीया महिला, वडा नं.७ का ८७ वर्षीय पुरुष, वडा नं.१० का २४ वर्षीय पुरुष, घिरिङ वडा नं.१ का ५१ र ३८ वर्षीय पुरुष, भिमादका ६५ वर्षीय पुरुष, स्याङ्जाको ओरास्ते वडा नं.७ की ७८ वर्षीया महिला, गोरखाको गोरखा नगरपालिका वडा नं.८ का ५७ वर्षीय पुरुष र पर्वतको कुश्मा वडा नं.५ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५५३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: