
पोखरा । कास्की प्रहरीले पोखरा–३१ को लेखनाथ स्थित नहरचोकबाट लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की मातहतईलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा स्थित डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो ४ः३० बजे ती युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–३१ किमबेँसी निवासी २६ वर्षीय जीवन भुजेल, रुपा गाउँपालिका–७ स्याक्लुङ निवासी २६ वर्षीय रुबिन गुरुङ र पोखरा–३१ निवासी एकजना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुको साथबाट लागूऔषध गाँजा १ केजी १ सय ग्राम, मोवाईल २ थान र नगद ३ हजार ७ सय रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
