
पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ७ वटा जिल्लाका ७४ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ४३ जना, तनहुँका १३ जना, गोरखा र नवलपुरका ६/६ जना, बाग्लुङका ४ जना तथा पर्वत र स्याङ्जाका १,१ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५५३ पुगेको छ ।
कूल संक्रमित मध्ये गण्डकीमा ६ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४६ संक्रमणमुक्त भएका हुन् ।
यसैगरी बिहीबार गण्डाकीमा थप २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । निर्देशनालयका अनुसार कास्की र लमजुङका एक/एक जना संक्रमित महिलाको मृत्यु भएको हो । यो सहित प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।
हाल प्रदेशमा ४ हजार ६६९ सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा ६२४ परिक्षण भएको छ भने हालसम्म १० लाख ६ हजार ९९० परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
