
पोखरा । देशका अधिकांश स्थानको मौसम शुक्रबार (आज) आंशिकदेखि सामान्य बदली हुनेछ ।
पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।
यस्तै दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति प्रदेश १ मा आंशिक बदलि रही बाँकी भू–भागका मौसम सामान्यतया सफा रहनेछ।
