
गुल्मी । गुल्मीमा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुल गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुल मै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान साढे ७ बजेतिर भएको सो दुर्घटनामा परी इश्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षका डम्मर बहादुर हितान, ३० वर्षका बसन्त दर्लामी, ३३ वर्षका शिवबहादुर दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालिका ५ का बर्ष ८० की सुन्दरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । इश्माकै वडा नं ४ का १९ वर्षका पर्शुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको तम्घासमा उपचार भइरहेको प्रहरी जनाएको छ ।
जीपका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
