विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड १३ लाख नाघ्यो, १४ लाख ३७ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड १३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ४१ हजार बढी संक्रमित थपिएसँगै विश्वमा संक्रमितको संख्या ६ करोड १३ लाख ८ हजार ११६ पुगेको छ ।

कोरोना भाइरसका कारण विश्वमा हालसम्म १४ लाख ३७ हजार ८३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार संक्रमितको मृत्यु भएको हो ।

यस्तै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ४ करोड २३ लाख ९५ हजार ३५९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोराना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा कूल संक्रमितको संख्या १ करोड ३२ लाख ४८ हजार ६७६ पुगेको छ ।

संक्रमित मध्ये त्यहाँ ७८ लाख ४६ हजार ८७२ जना संक्रमण मुक्त भएका छन् भने २ लाख ६९ हजार ५५५ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: