भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४३ हजार १७४ जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ कूल संक्रमितको संख्या ९३ लाख ९ हजार ८७१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा त्यहाँ ४९१ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ७५२ पुगेको छ ।

कोरोनाले विश्वमै सबैभन्दा धेरै दोस्रो प्रभावित मुलुक भारतमा हालसम्म ८७ लाख १७ हजार ७०९ जना भने संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: